www.tandavnews.com
Fact ~ In search of truth

सीप भएका अशक्त चेतबहादुरलाई ट्रस्ट उपहार

पोखरा
ताण्डव न्युज

शाारिरीक रुपमा अशक्त रहेका पोखरा भलाका ५४ वर्षका चेत बहादुर गुरुङलाई मानव मिलन नारी जागरण नेपाल पोखराले सहयोग गरेको छ । वाल्यकाल देखि नै शारीरिक रुपमा अशक्त रहेका गुरुङले हातको सीपले बुन्ने डोको, नाम्लो, लगायत बाँस, निगालोबाट बुन्ने सामाग्री विक्रि गर्न सहज होस भनेर जागरण नेपालले फलाम र जस्तापाताको ट्रस्ट निर्माण गरिदिएको हो ।

Batas

आफु हिँडडुल गर्न नसकेपनि चेतबहादुरले हातको सहयोगले बाँस, निगालोको चोया काडेर विभिन्न सामाग्रीहरु बनाउँदै आइरहेका छन् । अहिले सम्म उनले आफ्नै घरबाट यस्ता सामाग्रीहरु गाउँलेहरुका लागि बनाइदिँदै आएका छन् । मानव मिलन नारी जागरण नेपाल पोखराले भने आयआर्जनको लागि अस्थायी ट्रस्ट नै निर्माण गरेर ब्यापार गर्न सहयोग गरिदिएको हो । ट्रस्ट पाएपछि चेतबहादुरले खुसी हुँदै भने, ‘अहिले सम्म तल घरमै यस्ता सामाग्रीहरु बनाउँदै आइरहेको थिएँ । धेरैले थाहै पाउँदैनथे । अब त बाटोमै भयो । गाउँले बाहेक बाटो हिन्नले पनि मेरो सामान किन्छ होला । दुई पैसा भनेनी कमाउँछु ।’ उनले खुसी हुँदै मानव मिलन नारी जागरण नेपाल पोखरालाई सहयोगको लागि धन्यावाद पनि थिए ।

संस्थाकी अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा चेतबहादुरलाई ट्रस्ट निर्माण गरिदिन सहयोग गर्ने संस्थाकी सल्लाहाकार समेत रहेकी समाजसेवी सरस्वती गुरुङले चेतबहादुरको आयआर्जनमा परिवर्तन ल्याउननै सहयोग गरेको बताईन । ‘समाजमा आफ्नो लागि बाँच्नेको मरण हुन्छ र अरुको लागि पनि बाँच्नेको स्मरण हुन्छ,’ गुरुङले भनिन्, ‘चेतबहादुर दाई हिँडडुल गर्न नसकेर के भो । उहाँसँग सीप छ अब उहाँको सीप विक्रिका लागि ठाउँ बनेको छ ।’

संस्थाकी अध्यक्ष बरालले अहिलेको सहयोगले चेतबहादुर दाई समाजमा उदाहरणीय ब्यक्तित्व बन्ने विश्वास ब्यक्त गरिन । त्यस्तै प्रभा गौतमले यसखाले सहयोगले चेतबहादुर गुरुङको दैनिकीमा परिवर्तन आउने विश्वास ब्यक्त गरिन । संस्थाकी कमला गिरीले महिलाहरु मिलेर समाज परिवर्तन गर्न ब्यक्तिगत खर्चमा यस्तो सहयोग गर्दै आएको बताईन ।
उक्त ब्यापारिक प्रयोजनको लागि बनेको ट्रस्ट हस्तान्तरण कार्यक्रममा मानव मिलन नारी जागरण नेपाल पोखराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.