www.tandavnews.com
Fact ~ In search of truth

पोखरा रगंशाला अगाडि भ्यानले दियो स्कुटरलाई ठक्कर,स्कुटर चालक कृष्णको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरा रगंशाला अगाडि भ्यानले स्कुटरलाई ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भइ हाल पोखरामा मजदुरी गर्दै आएका २० बर्षीय कृष्ण प्रसाद चौलागाइको आज (मंगलबार) दुर्घटनामा मुत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्बीचोक देखि अम्मरसिंहचोक तर्फ जादै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले सोही दिशातर्फ जादै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक चौलागाइको मुत्यु भएको हो ।

Batas

आज विहान करिब पौने बाह्रको समयमा पोखरा रंगशाला अगाडीको सडकमा दुर्घटना भएको हो । दुर्घटना पश्चात चौलागाईलाई उपचारको लागि पोखरा हस्पिटल पुराएसँगै चिकित्सकले चौलागाइलाई मृत घोषणा गरेका हुन् ।

भ्यान चालक नवलपरासीका ४० बर्षीय कृष्ण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.