www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : कैदीको सेटिङमा ड्रग्सको कारोबार

पोखरा
ताण्डव न्यूज । 

कास्की जिल्ला कारागारमा जेल परेका ब्यक्तिले नै लागुऔषध कारोबारको सेटिङ मिलाउने गरेको पाइएको छ । लागु औषध मुद्धामा रहेका एक ब्यक्तिले जेलबाटै लागुऔषधको कारोबार सेटिङ मिलाइरहेको बुधबार कास्की प्रहरीले पत्ता लगाएको हो ।

पोखरा ९ घर भएकी हाल बुद्धचोकमा बस्ने देवीकुमारी गुप्तालाई पक्राउ गरेपछि जेलभित्रैबाट लागुऔषध विक्रिको लागि कास्कीमा सेटिङ हुने तथ्य पत्ता लागेको हो ।

Batas

‘हाम्रो प्रहरीकहाँ अमरसिंहचौरमा लागु औषधको ठुलो परिमाणको विक्रि हुँदै गरेको छ भन्ने सूचना आयो,’ कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘प्रहरीले पाएको सूचना सहि रहेछ । त्यहाँबाट देवी कुमारीलाई नियन्त्रणमा लिइयो । ल्याएर अनुसन्धान गर्दा जेलभित्रैबाट हुने सेटिङमा यि महिलाले लागुपदार्थ ओसारपोसार गरेको थाहा भयो ।’

देवकुमारीका श्रीमान उदयकुमार गुप्ता यस अघि नै लागुऔषध कारोबारमा कास्की कारागारमा थुनिएका छन् । उनैको सेटिङमा श्रीमती देवकुमारीले पोखरामा लागुपदार्थ ओसारपोसार गर्दै आइरहेकी थिईन । उनले प्रहरीको बयानमा श्रीमानले टेलिफोनमा भने अनुसारको ठाउँमा नियमित रुपमा लागुपदार्थ पु¥याउँदै आएको पनि बताएकी छन् ।

देवीकुमारीले बोकेको जेब्रा झोला खोजतलासी गर्दा प्रहरीले उक्त झोला भित्रबाट डाईजापाम ३०० थान, फेनेरागन ३०० थान र नर्फिन ३०० थान गरी जम्मा ९०० थान लागू औषध पनि बरामद गरेको एसपी कार्कीले जानकारी दिए ।

‘जेलबाटै श्रीमानले फोन गरेर लागुऔषध बुझेर अन्यत्र बुझाउनु भनेको रहेछ,’ एसपी कार्कीले भने ।  गुप्ताको साथबाट प्रहरीले सामान पठाएको ९० हजार रुपैयाँको आइएमइ भौचर समेत फेला पारेको छ ।

बुुधबार नै कास्की प्रहरीले लागुऔषध कारोबारका डिलर गोविन्द थापालाइ गोली हानेरै पक्राउ गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.