www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा बुहारीले खुर्पाले हान्दा जेठाजुको मृत्यु

पोखरा ।

गोरखामा बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी छन् । जिल्लाको शहिद लखन गाउँपालिका ७ बुंकोट चारघरेकी ५२ वर्षकी गोरी मायाँ रानाले ८२ वर्षका जेठाजु बलबहादुर रानालाई खुर्पा प्रहार गरेर हत्या गरेकी हुन् ।

खुर्पा प्रहार पछि गम्भिर घाइते भएका रानालाई उपचारको लागि जिल्ला अस्पताल गोरखामा उपचारको लागि पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रदेश प्रहरी गरेको गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । हत्या पछि रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Batas

आरोपीत रानालाई प्रहरीले हत्यामा प्रयोग भएको खुर्पा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रावलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.