www.tandavnews.com
Fact ~ In search of truth

पौडी खेल्न गएका म्याग्दीका दुई बालक बेपत्ता

म्याग्दी ।

पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।

मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Batas

प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ ।विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.