पोखरा,
ताण्डव न्यूज ।
आज पनि देशभर मौसम बदली हुने र हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडि तथा तराईका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जसको कारणले गर्दा पहाडी भू–भागमा पहिरो जान सक्ने र तराईका नदीहरुमा पानीको वहाव बढ्न सक्ने अनुमान महाशाखाको रहेको छ । बाढीको सम्भावना रहेकाले सर्तकर्ता अपनाउन महाशाखाको आग्रह छ ।
साथै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सचेत रहन अपिल गरेको छ । मनसुन न्यून चापिय रेखा नेपालको तराई भू–भागमा भन्दा केही तल अवस्थित रहेकोले आज देशभर मनसुनी गतिविधि कम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार ३१ गते( मंगलबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १/२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
राति : देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वि तथा पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
श्रावन १ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।
राति : देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ
श्रावन २ गते (बिहिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य वदलि रही तराई भु-भागका केहि स्थानहरूमा तथा पहाडि भु-भागका थोरै स्थानहरुमा वर्षा हुने सम्भावना छ।
राति :देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.