
भारतबाट खसी चोरेर नेपालमा बिक्री गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ घर भएका २८ वर्षीय भीमबहादुर घर्तीसहित ३ जना छन् । पक्राउ परेका घर्ती चोरीका खसी बोका ओसार्न प्रयोग भएकाे ट्रकका चालक हुन् ।
उनीहरु भारतबाट चोरी गरेर ना १ ख ५७२८ नम्बरको ट्रकमा खसी ल्याउँदै गरेको अवस्थामा बर्दियाको बाँसगढी नगरपालिका–७ बाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले भारतबाट ७२ वटा खसी बोका चोरी गरेर ट्रकमा हालेर नेपाल ल्याएका थिए ।
नेपालमा बिक्री गर्ने उद्देश्यले भारतबाट चोरी गरेर ल्याइएका खसी बोकासहित पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकले जानकारी दिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.