www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा पहाड खसेर डोजर पुर्यो, सहचालकको मृत्यु

पोखरा ।

 

गोरखाको सिरान्चोक गाउँपालिका १ केराबारी स्थित गोगनपानीमा बाटो खन्दैगर्दा झरेको पहिरोले डोजर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

दुधपोखरी मार्गको भूत्तेखोला नजिकै ठुलो चट्टान सहितको पहिरो खस्दा डोजरका सहचालक सिन्धुपाल्चोक घर भएका रमेश तामाङको मृत्यु भएको हो । ‘दुधपोखरी मार्गको भुत्तेखोला खण्डमा बाटो खन्दै थियो,’ वडा अध्यक्ष सुकमान गुरुङले भने, ‘ठुलो पहरा थियो । यिनीहरुले तलबाट धेरै खोतलेछ । माथीबाट पहरो जम्मै खसेछ र डोजरमाथी नै परेछ । त्यो तामाङ भाइको टाउको र हात मात्रै देख्या छ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.