www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

जनप्रतिनिधिको पारिश्रमिक सामाजिक कार्यमा

hima aus

पोखरा ।

classic tech

जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् ।

कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गरेका हुन् ।

पोखरा–१७ स्थित प्रगतिटोलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले उनले उपलब्ध गराएको ११ हजार ४ सय रुपैयाँ बराबरको एक बण्डल जस्तापाता मैना विकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा–१५ सिद्ध मावि अक्षयकोष स्थापनार्थ १२ हजार ५ सय, स्यानीपाटन बहुउद्देश्यीय भवन २१ हजार ६सय , गण्डकी रिभर साइड युवा क्लबको बहुउद्देश्यीय भवन निर्माणका लागि ११ हजार ४ सय वितरण गरेको बानियाँले जानकारी दिए ।

त्यसैगरी पोखरा–२१ स्थित जनचेतना माविका विपन्न एवं जेहेन्दार १४ छात्रछात्रालाई जनही पाँच हजारका दरले ७० हजार र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरालाई २५ हजार वितरण गरेको उनले बताए ।पोखरा महानगरपालिका–१५ बाट निर्वाचित बानियाँका अनुसार निर्वाचनका अवसरमा जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार नै विकास निर्माणमा जुटेको बताउँदै देखिने गरी परिणाम आउन समय लाग्ने बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...