
अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।
कुनै एक देशमा अपराध गरी अर्को देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विभिन्न देशका प्रहरी विच समन्वय र सहकार्य गर्ने संगठन हो अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) । यसमा नेपाल भारत गरि १ सय ९४ राष्ट्रका प्रहरी सदस्यको रुपमा रहेका छन् ।
यही इन्टरपोलको निसानामा छन् गण्डकी प्रदेशका ३ जना । पर्वतका दुई जना र म्याग्दीका एकलाई भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले पक्राउ गर्न रेड नोटिस जारी गरिएको इन्टरपोल स्रोतले जनाएको छ ।

आतंकवादी गतिविधि, हत्या, मानव बेचविखन जस्ता अपराधमा लागेका तर भारतीय प्रहरी र खुफिया एजेन्सी रअले समेत पत्ता लगाउन नसकेका २८ जना नेपाली मध्ये गण्डकी प्रदेशका ३ जनाको नाम मस्ट वान्टेडको लिस्टमा राखिएको हो ।
रेड नोटिसमा जारी भए अनुसार नाम, उमेर र ठेगाना यसप्रकार छः
१. राजेश भागदुर
पर्वतका ३० वर्षीय राजेशलाई पक्राउ गर्न रेड नोटिस जारी गरिएको हो । उनले भारतमा विभिन्न वित्तीय संस्था र घर तोडफोड गरेर चोरी गरेको आरोप लागेको छ । त्यतिमात्र होइन भारतविरुद्ध गतिवितिमा संलग्न रहेको अरोप पनि उनमा लागेको छ ।
२. रमेश भागदुर
म्याग्दी घर भएका २६ वर्षीय रमेश पनि राजेश जस्तै भारतमा विभिन्न वित्तीय संस्था र घर तोडफोड गरेर चोरी गरेर फरार अपराधी रहेको भारतीय प्रहरीले जनाएको छ । त्यसवाहेक उनीमाथी पनि आफ्नो देश विरुद्ध गतिविधि गरेको आशंकमा भारतीय प्रहरीले खोज्दा फेला नपारेपछि इन्टरपोललाई आग्रह गरेर रेड नोटिस जारी गरिएको हो ।
३. प्रेम सिंह
पर्वत माझफाँट–५ घर भएका ३२ वर्षीय प्रेम चोरी तथा भारतविरुद्ध गतिविधिमा संलग्न रहेको आरोपमा रेड नोटिसमा परेका हुन् । उनीहरु जस्तै अन्य जसलाई भारतीय प्रहरीको आग्रहमा रेड नोटिस जारी गरियो ति मध्ये कतिको ठेगाना, तस्बिर र उमेर पत्ता लागेको छैन् ।
जसमा अपहरण,र गम्भीर अपराधमा संलग्न रहेका अरोपमा ३४ वर्षीया देवी ओली, चोरी तथा अन्य आपराधिक पडयन्त्रमा संलग्न रहेका ३६ वर्षीया चित्रइन्द्रा सभाद, विभिन्न आपराधिक गतिविधिमा संलग्न ३४ वर्षीय शिवराज फुलचन्द शर्मा, चोरीमा संलग्न ३७ वर्षीया नानु मगर, चोरीमा संलग्न ५१ वर्षीय राजबहादुर शाही, डकैती तथा अन्य आपराधिक गतिविधिमा संलग्न ३९ वर्षीय खुमराज थापा, हत्याको आरोपमा फरार ३७ वर्षीय भीमे दमाइ रहेका छन् ।
त्यसैगरी चोरीको आरोपमा राजेश क्षेत्री, किर्ते काण्डमा काठमाडौंकी विनिता प्रधान, नक्कली कागजातको कारोबारीमा काठमाडौंकी माधवी श्रेष्ठ, चोरीका कुख्यात भनेर कहलिएका कृष्णबहादुर औजी, चोरीमा मनोजकरण जौगडी, हत्यामा ४२ वर्षीय सूर्यविन बहादुर तामाङ, हत्यामा ६७ वर्षीय चक्रसिंह ठकुरी, बन्यजन्तु मारेको अभियोगमा चिनियाँ मुलकका नेपाली नागरिक टासी छिरिङ छवाङका, हत्यामा काठमाडौंका ५६ वर्षीय ताहिर साह, चोरीको आरोपमा बझाङका वीरेन्द्रबहादुर थापा, हत्यामा विपिन विष्ट, हत्यामा तुलाराम बहादुर, ठगीमा हरिहर भुसाल, किर्तेमा पाल्पाका अनुप प्रधान मोस्ट वान्टेडको सूचिमा छन् ।
सामान्यतया चोरी, किर्ते, हत्यामा मात्र संलग्न भएका लागि भारतीय प्रहरीले यसरी इन्टरपोलको सहयोग माग्दैन । भारतविरुद्ध गतिविधि र आतंकवादीलाई सहयोग गरेको आरोप लागेका जो फरार भएर अन्य मुलुकमा वसेका छन् त्यस्ता अपराधीलाई पक्राउ गर्न भारतीय प्रहरीले इन्टरपोलको सहयोग लिने गर्छ । सोही अनुसार २८ नेपाली परेका हुन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.