www.tandavnews.com
Fact ~ In search of truth

‘बालसाहित्य माथी चर्चा चलाउँ’

पाेखरा । 

आमाले सक्नुहुन्छ’ कथा संग्रह पाठकसामु ल्याएकी साहित्यकार आन्विका गिरी देशव्यापी अन्तक्र्रियामा हिँडेकी छिन् । बाल साहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकारको संख्या बढ्दै गएपनि चर्चा भने नभएको उनको भनाइ छ । ‘बाल साहित्य लेखिँदै आएको छ,’ उनले भनिन्, ‘तर अन्य विधामा जस्तो चर्चा गरिएको छैन, चर्चा होस् भनेर हिँडेकी छु ।’

पोखरामा शनिबार ह्वाट द बुक क्लबले गिरीको पछिल्लो पुस्तक ‘आमाले सक्नुहुन्छ’को अन्तक्र्रिया कार्यक्रममा उनले बालबालिकालाई अहिलेदेखि नै पुस्तक पढ्ने बानीको विकास गर्नुपर्ने बताइन् ।

Batas

नेपाली साहित्यमा नारी प्रमुख पात्र बनाएर लेखिएको पुस्तक कमै रहेको भन्दै उनले थपिन्, ‘नारी प्रमुख पात्र भएको पुस्तक पचाउन धेरैलाई गाह्रो हुन्छ, तर यस्ता पुस्तक धेरै लेखिनुपर्छ ।’ उनले बालबालिकालाई लक्ष्य गरेर धेरै पुस्तक लेखिनुपर्ने बताइन् । आफ्नो किताबमा बाबाले साइकल चलाउन नसकेको तर आमाले सकेको देखाउँदा कतिपयलाई स्वीकार्न गाह्रो भएको गिरीले सुनाइन् । ‘हो, आमाले सक्नुहुन्छ,’ उनले भनिन्, ‘बाबाले पनि सक्नुपथ्र्याे भन्ने कतिपयलाई लागेको छ ।’

कार्यक्रममा बोल्दै प्रा.डा. चन्द्रा भद्राले ५० वर्षअघि भन्दा अहिले धेरै परिवर्तन आएको बताइन् । ‘बाटोमा हिँडेको युवतीलाई सिँदुर हालिदिने चलनको विरोधमा मैले सुरुमा कथा लेखेकी थिएँ,’ उनले भनिन्, ‘अहिले त्यस्तो अवस्था छैन, तर धेरै हुन बाँकी छ ।’

सरकारले यस बर्ष नौ लाख महिलालाई आर्थिक रुप्मा सशक्तीकरण गर्ने लक्ष्य लिएको भन्दै उनले ति महिलाको हातमा यो पुस्तक पु¥याउनुपर्ने बताइन् ।

प्रा.डा. वसन्त गौतमले लैंगिक विभेदविरुद्धका प्रयास घरमा र समाजमा निरन्तर अघि बढाउनुपर्ने बताए । ‘मैले छोरीको दिसा पुछ्ने धुने काम गर्दा आफन्तले पछाडि कुरा गरेका रहेछन््,’ उनले भने । गौतमले बालबालिकाहरुलाई अहिलेदेखि नै अध्ययनमा रुचि जगाउन पनि बाल पुस्तकहरु पढ्न दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै लेखक सावित्री गौतमले पुस्तकमा उठाइएका विषयवस्तु आफूलाई नौलो नलागेको बताइन् । ‘मेरो घरमा आमा, बुवा, काका, काकी सबैजना लैंगिक भूमिका बदल्न एकसाथ प्रयास गरेका छौँ,’ उनले भनिन्, ‘परिवारमा मात्र प्रयास गरेर हुँदैन, समाजमा पनि लैंगिक समानताका लागि प्रयास गर्नुपर्छ ।’ उनले लैंगिक समानताका मुद्दा स्थापित गर्न यस्ता पुस्तकले सघाउने बताइन् ।

ह्वाट अ बुक क्लबका सदस्य नवीन सुवेदीले पुस्तक बालबालिका र अभिभावकले पढ्नुपर्ने बताए । ‘मेरो आमा सरकारी जागिरमा रहँदा बुवाले घरको काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘बुबासँग हुर्किदाका कुरा पुस्तकमा पढ्न पाउँदा खुशी लाग्यो ।’

कार्यक्रममा सहभागीहरुले पुस्तक अत्यन्त उपयोगी र शिक्षाप्रद रहेको बताएका थिए । उनीहरुले पुस्तक पढ्दै जाँदा कही निकै खुशी लाग्ने र कहीँ दुखका आँशु झर्ने अनुभव सुनाए । कथामा उल्लेखित तराइका कतिपय परिवेश नौलो लागेको सहभागीहरुको भनाई छ ।

लेखक गिरीको ‘आमाले सक्नुहुन्छ’ पुस्तकमा ७ वटा बालकथा सँग्रहित पुस्तकमा ७ वटा बालकथा सँग्रहित छन् । कथा मिल्दो जुल्दो चित्रले पुस्तकलाई आकर्षक बनाइदिएका छन् ।

उनको बालबालिका सम्बन्धी ‘हाम्रा कुरा पनि सुन्नुस्’, ‘नाक कसरी ठाडो हुन्छ ?’, ‘ठुलो मान्छे कसरी बन्ने ?’ र ‘सानीका ज्ञानी कुरा’ पुस्तक प्रकाशित छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.