www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पहिलोपटक ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ हुदै

पोखरा,

ताण्डव न्युज ।

पोखरामा आगामी असोज ११ गते ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ हुने भएको छ ।

Batas

गोर्खा क्लासिक नेपालको आयोजनामा पहिलो संस्करणको ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ हुने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले शारीरिक सुगठन खेल प्रति महिलाहरुलाई प्रबेश गराउन र व्यवसायिक बनाउने लक्ष्य सहित च्याम्पियनसिपको आयोजना गरेको बताए । उनले बिक्नी र फिजिक गरी दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताए ।

उनका अनुसार फिजिक तर्फको बिजेताले नगद २ लाख प्राप्त गर्नेछ भने उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार हात पार्नेछ ।

त्यस्तै बिकिनी तर्फको बिजेता खेलाडीलाई ८० हजार प्रदान गरिने गुरुङले बताए । उनका अनुसार उपबिजेता खेलाडीलाई ६० हजार र सान्त्वना बन्न सफल खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा एउटा खेलाडीले एक विधामा मात्र भाग लिन पाउने बताउदै उपाधिका लागि तीन चरण पार गर्नुपर्ने उनले बताए ।

गोर्खा क्लासिक नेपालका सचिब भरत गुरुङले प्रतियोगितामा खेलाडीहरुको उचाईको आधारमा सहभागि गराईने बताए ।गुरुङले देशभरबाट अनुमानित २० बढि खेलाडीको सहभागिता रहने जानकारी दिदै दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको बताए ।

कार्यक्रममा आईएफबीबी प्रो बिनिता राईको बिशेष प्रस्तुति रहने र जुम्बा तथा टिकटक शो समेत समाबेश गरिएको आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.