
काठमाडौं ।
गृह मन्त्रालयले जागिरका लागि आवेदन खुला गरेको छ । मन्त्रालयले दुई हजार कर्मचारीका लागि विज्ञापन खुलाएको हो।
गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) का कर्मचारी माग गरेको हो।

इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो।
एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले मंगलबार गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ।
दरखास्तका लागि १५ दिनको समय दिइएको छ। दरखास्त फारम http://application.donidcr.gov.np मा हेर्न सकिन्छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.