www.tandavnews.com
Fact ~ In search of truth

नदिपुरमा क्लब स्तरिय भलिबल प्रतियोगिता सुरु

पोखरा ।

पोखराको नदिपुरमा दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

आगामी २१ गते सम्म सञ्चालन हुने प्रतियोगिता आज (मंगलबार) देखी कर्पाकेली समाजको प्राङ्गणमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित सुरु भएको हो ।

Batas

प्रतियोगिताको उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र टिम ‘ए’ ले पिबिटि युनाईटेडलाई सोझो सेटमा पराजित गर्याे ।त्यस्तै दोस्रो खेलमा शान्ता भलिबल प्रशिक्षण केन्द्रलाई छन्त्याल समाजले सोझो सेटमै पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्याे । भने तेस्रो खेलमा स्याङ्जाको अनुपस्थितिमा विभागिय टोली एपीएफ टिम ‘बी’ बिजयी बन्यो ।

यसअघि कास्की जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष याम गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए ।सोही अवसरमा बोल्दै गुरुङले खेलकुद बिकासका लागि उक्त प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उनले कुनै एक ब्यक्तिले स्वतस्फुर्त रुपमा प्रतियोगिताको आयोजना गरेको भन्दै लामा अमृत फाउण्डेशनका संस्थापकलाई अमृत गुरुङलाई प्रंसशा गरे । मौका नपाएका खेलाडीहरुको लागि उक्त प्रतियोगिता राम्रो अवसर बन्न सक्ने भन्दै गुरुङले सम्पुर्ण खेलाडीलाइ सफलताको शुभकामना ब्यक्त गरे ।

खेलकुदले शरिर स्वस्थ्य राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउदै उनले मर्यादित र अनुशासित भएर खेल खेल्नुपर्नेमा जोड दिए ।प्रतियोगितका खेलकुल संयोजक अनिल गुरुङले क्लब स्तरिय पुरष भलिबल तर्फ १४, महिला तर्फ ९ र भेट्रान्स तर्फ ६ टिमको सहभागिता रहेको बताए । उनका महिला र भेट्रान्स तर्फ टिम दर्ता भैरहेको छ ।

गुरुङले उक्त प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  ४० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  २० र १४ हजार प्रदान गरिने बताए ।उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद  १५ हजार र उपबिजेता टिमले नगद  १० हजार प्राप्त गर्नेछ ।

संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए ।प्रतियोगितामा याजम्रो डान्स गु्रप लम्जुङका कलाकारहरुद्वारा स्वागत नृत्प प्रस्तुत गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.