www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ठुलो परिमाणको लागुऔषध सहित एक जना पक्राउ

पोखरा : लागूऔषध नियन्त्रण ब्यूरो पोखराको प्रहरीको टोलीले पोखरा महानगर १४ चाउथेबाट ठुलो परिमाणको लागुऔषध सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । बिहीबार पोखराको चाउथेबाट नवलपरासी सुस्ता गाउँपालिका ५ महलबारीका ५० वर्षका प्रहलाद कोहारलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनको साथबाट अवैध लागू औषध बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको छ प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.