www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा २ दिनमा ७ लाख २७ हजार नगदसहित ३२ जुवाडे पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

कास्कीका विभिन्न ४ स्थानबाट जुवा खेल्ने ३२ व्यक्ति पक्राउ परेका छन्। प्रहरीले २ दिनमा सात लाख २७ हजार ५० रुपैयाँ नगदसहित ३२ व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नं २ अधिकारी टोलबाट ४ जना व्यक्ति पक्राउ परेका छन् ।उनीहरुको साथबाट ३ बुक तास र २९ हजार ९ सय २० रुपैयाँ नगद बरामद भएको छ।
पोखरा महानगरपालिका वडा नं १३ काँहुखोला वुडुवा मार्गबाट ७ जना व्यक्ति ३ बुक जुवातास र ४९ हजार ४ सय ६० रुपैयाँ नगदसहित पक्राउ परेका छन्।

Batas

यस्तै वडा नं २ भैरवटोल स्थित भुपीमार्गबाट ३ बुक जुवातास र ३७ हजार ३ सय ४० रुपैयाँ नगदसहित ६ जना व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं १८ चालिसेस्थित डेस्टिनेसन ग्रीन हामे स्टेमा कौडा खेलिरहेका १५ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ३२ थान कौडा र ६ लाख १० हजार ३ सय ३० रुपैयाँ नगद बरामद भएको प्रहरी जनाएको छ । पक्राउ परेका माथि जुवा मुद्धा अन्तरगत म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.