www.tandavnews.com
Fact ~ In search of truth

महरालाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गरिने

काठमाडौं ।

बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेका महरामाथि अनुसन्धान । गर्न अदालतले अनुमति दिएको हो।

बलात्कार प्रयास आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको थुनछेक बहसपछि म्यादथपका लागि आज महरालाई काठमाडौं जिल्ला अदालत पेस गरिएको हो।सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न पनि म्याद थप गर्न माग गरेका थिए ।

Batas

उता महराको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने बन्दी प्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भए पनि गैरकानुनी थुनामा राखिएको भन्दै म्यादथप गर्न नहुने बहस गरेका थिए ।तर प्रहरीले महरालाई २० दिन म्याद थप्न माग गरेको थियो ।

न्यायाधीश दीपक कुमार दाहालको एकल इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएको स्रोतले जनाएको छ।

उनलाई यही असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.