www.tandavnews.com
Fact ~ In search of truth

महराकाे स्वास्थ्यमा गम्भिर समस्या, सीसीयूमा राखेर उपचार सुरू !

पाेखरा । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि क्रिटिकल केयर युनिट (सीसीयू)मा सारिएको छ ।

पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचाररत महराको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई शुक्रबारबाट सीसीयूमा राखेर उपचार थालिएको छ । शुक्रबार उनको रक्त्तचापसमेत बढेको अस्पताल स्रोतले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार एक्कासी रक्तचाप बढेपछि मुटुको एन्जिओग्राफी गरिएको थियो। एन्जियोग्राफीमा मुटुको बायाँतर्फ २० प्रतिशत ब्लक भएको देएिपछि उनलाई सीसीयूमा राखेर उपचार थालिएको हो ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा प्रहरीले पक्राउ गरेको थियो । उच्चरक्तचापको समस्य देखिएपछि गत असोज २३ गते महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आइरहेका छन् । स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घट्नाको बारेमा बयान समेत लिन सकेको छैन् ।

प्रहरीले गत मंगलबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.