www.tandavnews.com
Fact ~ In search of truth

औचित्यहिन गण्डकीको स्वास्थ्य ‘हेल्प डेस्क’ ! जनप्रतिनिधीलाई नै वेवास्ता

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

पोखरा महानगरपालिका–४ गणेशटोका ४१ वर्षिय एक युवा परिवार देखि सम्पर्क बिहिन भए । चैत्र ६ गते देखी घर छाडेका उनी कहाँ थिए पत्तै भएन । तर उनी मंगलबार (हिजो) विहान २ बजे अचानक घर फर्किए । सबैतिर कोरोनाको सन्त्रास छ । उनी घर आएसँगै १ सय २ डिग्रीको ज्वोरो खेपि रहेका छन् । उनलाई अस्वाभाविक ज्वोरो आएको उनको परिवारले थाहा पाएपछि छरछिमेकमा हल्लाखल्ला मच्चियो ।

जताततै कोरोनाको भय फैलिएको समयमा उनलाई पनि कोरोनाको संक्रमण भयो कि भन्ने त्रास बढ्यो र छिमेकलाई गुहारे । छिमेकीहरुले कोरोना भाईरस परिक्षण गराउन भनि दर्जनौ नम्बरमा फोन सम्पर्क गरे । ‘एउटालाई गर्याे अर्काेलाई भन्नुुस, अर्काेलाई गर्याे फेरी अर्काेलाई गर्नुस भन्छ ।’ छिमेकी अर्पण तिवारीले ताण्डव न्यूजलाई भने ।

Batas

तिवारीले हिजो (मंगलबार) केन्द्रको हेल्पलाईन, गण्डकी प्रदेशको १०९२ र १०० मा सम्पर्क गरे, तर कुनै प्रतिक्रिया पाएनन् । उनले डाक्टर बाबुराम, डुक बहादुर, अर्जुन क्षेत्री र रेडक्रसका डोलराजलाई समेत गुहारे तर कुनै पार लागेन । सम्बन्धित निकायबाट चाँसो नलिएपछि वडा नं. ४ मा सम्पर्क गरेको बताउदै एम्बुलेन्सको व्यवस्था भएको उनले बताए । ‘वडाको समन्वयमा एम्बुलेन्स आएको थियो, ज्वरोको बिरामी भनेपछि उसले पनि हामीसँग पीपीई छैन भनेर फर्कियो ।’ तिवारीले थपे ।

छिमेकी तिवारीले यस्तो संकटको समयमा समेत सम्बन्धित निकायले वेवास्ता गरेपछि हेल्पडेक्सहरुको औचित्य नरहेको गुनासो गरे ।

यता बिरामीका श्रीमतीले आफ्नो श्रीमानमा कोरोना संक्रमण छ या छैन भन्ने अन्योलमा छिन् । ‘उहाँ मानसिक रोगी हुनुहुन्छ, पहिल्यै देखी हराउनेनै हो, घरबाट हिडेपछि कालिकाथान मामाघर जानुभएछ, आउदा ज्वरो बोकेर आउनुभो, आज त हिड्न सक्दिन भन्नुहुन्छ खोकी पनि लागेको छ, उनले भनिन्, ‘ छिमेकीले डाक्टर घरै आउछ भन्नुहुन्छ खै के हो कुन्नी ।’

उनका अनुसार घरमा ५ जनाको परिवार छ । सासुआमा, जेठाजु, छोरी, पति र आफु । उनले आज (बुधबार) १ सय २ बाट ज्वरो घटेर ९६.५ रहेको बताईन् । ‘ज्वरो घटेपनि यस्तो हल्ला छ कोरोना चेक गर्न पाए हुनेहो क्यारे ।’ उनले दोहो¥याईन् ।

बिरामीको उपचारका लागि परिवार, छरछिमेक मात्र लागेनन् वडा ४ का अध्यक्ष स्वयम् प्रत्यक्ष जुटे तर कुनै सुनुवाई भएन् । ‘जबकी जनताले चुनेर जनप्रतिनिधी भएको मैले आफै फोन गर्दा त सकरात्मक प्रतिक्रिया पाइन भने, जनताको के हालत होला ?’ अध्यक्ष शंकर बास्तोलाले भने ।

बास्तोलाले नेपाल रेडक्रस सोसाईटी कास्कीलाई फोन सम्पर्क गरेर पश्चात समय लगाएर वडा कार्यालयमा एम्बुलेन्स आएको बताए । ‘एम्बुलेन्स त आयो, हामी खुशी पनि भयौ,’ उनले भने, ‘ड्राईभरले खोई कस्लाई हो फोन गर्नु भो कुन्नी, अनि ज्वरोको बिरामी भए त लान्नौ भनेर अर्कै एम्बुलेन्सको नम्बर दिनुभो त्यसमा फोन गरेको नयाँपुल छु भन्नुभो ।’

सरकारले काम देखाउने र घरघरमा सरकारको अनुभुति दिलाउने समयमा यस्तो हर्कत देखाएको भन्दै गुनासो सुनाए । ‘अब सरकारले क्लियर गरिदिनु पर्छ जनप्रनिनिधीले बिरामीलाई समन्वय गरिदिने होकी आफै डोकोमा बोकेर हिड्ने हो भनेर ।’ बास्तोलाले भने ।

उनले गण्डकी अस्पताल, फिस्टेल अस्पताल, सरकारी निकाय लगायत अन्य अस्पतालका सहायता कक्षमा खबर गरेपनि कुनै प्रतिक्रिया नपाएको सुनाए । ‘अझ मैले आफै फोन गरेर म अध्यक्ष हो पनि भने त्यति भन्दा पनि भएन । हामी जनप्रतिनिधी कै कुरा सुनुवाई हुन्न भने, सर्वसाधारणको गति के होला ? सोचनिय कुरा छ । अलिअलि पहुँच हुने मुठ्ठीभर होलान अनि नहुनेले उपचारनै नपाउने ? सरकार छ भनेर जनतालाई आभाष खै त ? अध्यक्ष बास्तोलाको आक्रोश थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.