www.tandavnews.com
Fact ~ In search of truth

सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन सकिने स्वर्गाश्रम

म्याग्दी ।

Lama collectio News Middle

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ ।

प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न सकिने तथ्य भने हालै मात्र पत्ता लागेको हो ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन र स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्न जिसीको पहलमा गरिएको खोज र अनुसन्धानबाट स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिने तथ्य पत्ता लागेको हो ।

प्राकृतिकरुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता पनि रहेको स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले बताए ।

यहाँ तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा गएका थिए । हाल यस क्षेत्रको प्रचारप्रसारका लागि समितिले तपस्वीनी ईश्वरानन्द सरस्वतीलाई पनि यही बोलाएको छ । अहिले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेर बसिरहेका बेनपा–३ का वडाध्यक्ष पदम पुनले जानकारी दिए ।

वडाध्यक्ष पुनका अनुसार सातवटा तीर्थस्थलको एकै ठाउँबाट दर्शन गर्न सकिने सम्भवतः नेपालकै पहिलो ठाउँ स्वर्गाश्रम हो । स्वर्गाश्रमको आँगनबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधान, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ ।

तपस्वीनी सरस्वतीका अनुसार पनि एकै ठाउँबाट सातवटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एकमात्र ठाउँ स्वर्गाश्रम नै हो । स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनी बजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलको अवलोकन गर्न सकिने उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop