www.tandavnews.com
Fact ~ In search of truth

शपथका लागि हिडेका नेकपा नेतामाथि विप्लव समूहको आक्रमण

जाजरकोट ।

बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ ।

नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ ।

विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.