www.tandavnews.com
Fact ~ In search of truth

कात्तिक अन्तिम साता पोखरामा ‘देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड कप’

सुशान्त गाहामगर,
पोखरा /ताण्डव न्यूज।

पोखरामा आगामी अन्तिम साता ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ को आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल ईन्द्रेणी एकीकृत विकास केन्द्रले आगामी २५ देखी २९ गते सम्म ३५ वर्ष उमेर पुगेकाहरु (भेट्रान्स) बिचको फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका आर्थिक संयोजक हिटलर घलेले बगरस्थित पुरानो टुडिखेलमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६५ हजार रुपैया प्राप्त गर्ने बताए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ ।

त्यस्तै बिद्यागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको घलेले बताए । उनका अनुसार सर्वोकृष्ट खेलाडी (दाम्पत्य) लाई रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ भने १६ टिमको अपेक्षा गरिएको घलेले बताए ।

खेल संयोजक अञ्जन देवकोटाले बगरमा सञ्चालित ईन्द्रेणी एकेडेमी सञ्चालनका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताए । पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले स्व. छोरी देश्ना चन्दको स्मृतिमा प्रथम पुरस्कार सौजन्य गरेको बताउदै प्रतियोगिताबाट संकलित केही रकम ईन्द्रेणी एकेडेमी सञ्चालनमा खर्चिने बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.