www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन विकास बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित

बागलुङ ।

Lama collectio News Middle

पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित भएका छन् । शनिबार बागलुङबजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ती, महिला उपाध्यक्षमा भविकला रोका, सचिवमा अर्जुन चोखाल, सहसचिवमा नारायण आचार्य, कोषाध्यक्षमा नरेश कँडेल निर्वाचित भएका छन् ।

सदस्यमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमती घर्ती, गण्डकी थापा, कमला पुनमगर, वीरजङ्ग भण्डारी, सञ्जय श्रेष्ठ र हीरा पुन रहेका छन् । आठ सदस्यीय आमन्त्रित सदस्यमा विजय राना, झमन पाण्डे, खिमबहादुर थापा, टीका सङ्गम विक, राजु आचार्य, जीतबहादुर क्षेत्री, कौशिला पुन र ज्ञानेन्द्र ढकाल चयन भएका छन् ।

तीन सदस्यीय लेखा समिति संयोजकमा विष्णु अधिकारी रहनुभएको छ । सदस्यमा टेकबहादुर क्षेत्री, केशव कार्कीलाई मनोनित गरिएको समितिले जनाएको छ । बागलुङको पर्यटन विकासमा सहयोग पुर्याउन भन्दै एक वर्ष अघि बनेको तदर्थ समितिले सबै प्रक्रिया पूरा गरेर पहिलो अधिवेशन गरेको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop