www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्टस् क्यासलमा ‘फुटसल स्किल्स क्लिनिक’

पोखरा ।

पोखराको गणेशटोल स्थित स्पोर्टस् क्यासलमा एक दिने ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको छ ।

क्यासलको आयोजनामा ८ देखी १४ वर्ष उमेर समुहका प्रशिक्षार्थीहरुको सभािगतामा आज (शनिबार) ‘फुटसल स्किल्स क्लिनिक’ सम्पन्न भएको हो ।सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल घुम्न आएका अमेरिकी पुर्व फुटबल खेलाडी (ए लाईसेनस प्राप्त) जोन वेल्चले प्रशिक्षण दिए । ए लाईसेन्स प्राप्त उनले ५० बढि प्रशिक्षार्थीहरुलाई ४ समुहमा विभाजन गरी स्किल्स र टेक्निक बढाउने उपाय सिकाए ।

प्रशिक्षणको समयमा बोल्दै उनले छोटो समयमा पनि धेरै टेक्नीक र स्किल्स बृद्धि गर्न सक्ने भएकाले फुटसल ‘स्किल्स क्लिनि’को महत्व रहेको बताए ।उनले नेपाली फुटबल अवस्थाको बारमा बुझ्न र नेपाल आएर आफुले जानेका केही कुरा सिकाउन पाउदा खुशी व्यक्त गरे ।

त्यस्तै क्यासलका सञ्चालक ईश्वर गुरुङले उक्त क्लिनिक सिक्नको लागि यथेष्ट नभएपनि फुटबलमा ईच्छुक प्रशिक्षर्थीहरुको टेक्निकमा बृद्धि गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गरे ।उनले क्यासलमा खेलसँग सम्बन्धित कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गरेको बताउर्द आगामी दिनमा समेत रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने बताए ।

उक्त क्लिनिकमा जोनलाई नेपाली फुटसल टिमका हेड कोच बिष्णु गुरुङ, सुदिप बिक, पारु मगर लगायतले सहजीकरण गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.