www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङ र यूनान प्रान्तका गभर्नरबीच भेटवार्ता

सहकार्यका लागि तयार रहेको छेङफाको अभिव्यक्ति

पोखरा,

ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चिनको युनान प्रान्तका गर्भनर रुआन छेङफाबीच भेटबार्ता भएको छ ।

Batas

पोखरामा भएको भेटमा दुइपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव सुर्य प्रसाद गुरुङले जानकारी दिए । भेटमा सुरुवातमा मुख्यमन्त्री गुरुङले प्रदेशको भौगोलिक, साँस्कृतिक र प्रसिद्ध स्थान बारे जानकारी गराएका थिए ।

उनले गण्डकी प्रदेश पर्यटन र जलविद्युतको संभावनायुक्त प्रदेश भएकोले यसमा युनान प्रान्तसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । बुढी गण्डकी, कालीगण्डकी जस्ता जलविद्युतका सम्भावनायुक्त नदीहरु प्रदेशमा रहेको जानकारी गराउँदै उनले यसमा लगानी गर्न गर्भनर सहितको टिमलाई आग्रह गरेका थिए ।

साथै गण्डकी प्रदेशले सन २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै चीन र विशेष युनान प्रान्तले प्रचार प्रसारमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।जवाफमा गर्भनर छङफाले युनान प्रान्त पनि जलविद्युतको धनी प्रान्त भएकोले यसमा सहयोग र सहकार्यका लागि आफुहरु तयार बताए । जलविद्युत प्रमुख सहित आफू नेपाल भ्रमणका आएको बताउँदै उनले जलविद्युत क्षेत्रमा चीन सरकार र आफ्नो प्रान्तले सहयोग गर्ने बताए ।

युनान प्रान्तमा गत बर्ष करिब एक अर्ब पर्यटकले भ्रमण गरेको दृष्टान्त दिदैँ उनले नेपाल र गण्डकी प्रदेशको प्रचार प्रसार सहयोग गर्ने बचन दिएका थिए ।उनले पोखरा सहर युनानबासीका लागि निकै मनपर्ने सहर भएको बताउदैँ आफु पोखरा आउन पाउदा निकै खुसी लागेको बताएका थिए ।

भेटमा मुख्यमन्त्री गुरुङले प्रदेशमा चीनसँग जोड्ने तीन वटा नाका भएको जानकारी दिदैँ कोरला नाका खोल्ने विषयमा हालै भएको चिनिया राष्ट्रपति भ्रमणको क्रममा सहमति भएको बताए । उनले यो नाका खुल्ला गरिएको चीनसँग व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गरे । जवाफमा गर्भनरले चाडै नाका खुल्ने विश्वास व्यक्त गरे ।

मितेर साइनो गास्ने समझदारी

युनान प्रान्त गभर्नर छेङफाले दुई प्रदेशबीच मितेरी सम्वन्ध बनाएर अगाडि बढ्न आफुहरु इच्छुक रहेको प्रस्ताव राखेका थिए । मितेरी साइनो गासेर अगाडि बढ्दा धेरै विषयमा सहयोग आदान प्रदान गर्न र अनुभव साट्न सहज हुने बताएका थिए ।

दुवै प्रदेशका विदेश मामिला हेर्ने प्रतिनिधिवीच छलफल गराएर यसलाई अगामी दिनमा मितेरी सम्वन्धका लागि आधार बनाउन सकिने चिनिया पक्षले राखेको थियो । जवाफमा मुख्यमन्त्री गुरुङले दुवै प्रदेशको भौगोलिक बनावट एकै प्रकारको भएकाले विभिन्न विषयमा अनुभव आदान प्रदान गर्न सकिने भएकोले यसमा गण्डकी प्रदेश सकारात्मक भएको बताएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.