www.tandavnews.com
Fact ~ In search of truth

सागका स्वयंसेवकलाई शारीरिक तालीम

पोखरा ।

तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोेगिता (साग) का लागि २३० स्वयंसेवक लाई शारीरिक तालीम दिइएको छ । खेल अवधिभर पोखराको साग खेलकूदमा पहिलो चरणमा १८० स्वयंसेवक परिचालन गर्न लागिएको प्रशिक्षक दीपक गोदारले जानकारी दिए ।

तालीमपछि योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ । स्वयंसेवा गर्न इच्छुक सबैलाई नै तालीम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ ।

‘हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारीरिक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसँग कसरी समन्वय गराउने भन्ने विषयमा सुसूचित गराउँदै तालिम दिएका छौँ ।’ गोदारले भने

सागअन्तर्गत पोखरामा आठ खेलका लागि ८४० खेलाडी र अफिसियल पोखरा आउँदैछन् । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताए ।

तेह्रौैँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० सम्पर्क अधिकारी (लियाजन) समेत खटाइने छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो ।

विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई उनीहरुको काम, कर्तव्य र अधिकारबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटीका संयोजक जगन गुरुङले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.