www.tandavnews.com
Fact ~ In search of truth

श्रमिकलाई सूचीकृत गर्न दबाब

विराटनगर ।

श्रमिकलाई सूचीकृत गर्न संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रले आज यहाँ दबाबमूलक कार्यक्रम गरेको छ ।

‘सम्पूर्ण रोजगार दातालाई आह्वान समाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने नाराकासाथ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सो कार्यक्रम अनुरुप रोजगार प्रतिष्ठान मोरङ व्यापार संघलाई दबाबसँगै ध्यानकर्षण गराएको हो ।

पटक–पटक सूचीकरणका निम्ति समय थप गरिरहँदा पनि श्रमिकको त्याग र संघर्षबाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सूचिकृत नगराउनु घोर आपत्ति रहेको जनाउँदै मोरङ व्यापार संघको श्रमिकले ध्यानाकर्षण गराएका हुन् ।

संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रका अध्यक्ष किशोर धमलाले नयाँ श्रम ऐन लागू गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा प्रतिष्ठान सूचिकृत हुनुपर्ने, मजदूरहरुले पाउनुपर्ने अधिकार दिनुपर्ने र अन्यथा सम्पूर्ण ट्रेड युनियन तथा श्रमिक चरणबद्ध आन्दोलनमा जाने बताए ।

टे«ड युनियन महासंघ समाजवादी फोरमका अध्यक्ष महोम्मद सदरुल मियाँले सरकारले दिएको सेवाबाट वन्चित गर्न नपाइने बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.