www.tandavnews.com
Fact ~ In search of truth

नेपाललाई स्तब्ध पार्दै श्रीलंका महिला क्रिकेटको स्वर्ण नजिक

सुशान्त गाहा मगर,
पोखरा/ताण्डव न्यूज ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि ट्वान्टी क्रिकेटको स्वर्ण पदक नजिक श्रीलंका पुगेको छ । पोखरा रङंगशाला स्थित क्रिकेट मैदानमा आज (शुक्रबार) सम्पन्न खेलमा नेपालाई ४१ रनले पराजित गर्दै श्रीलंका स्वर्ण नजिक पुगेको हो । श्रीलंकाले फाईनलमा स्वर्ण पदकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन को योगफल बनाएको थियो । १ सय १९ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रनको योगदान दिइन् । उनले २८ बलमा २ चौका प्रहार गरेकी थिईन् । त्यस्तै अप्सरी बेगम ले ११, करुणा भण्डारीले १२ र कविता कुँवर १३ रनमा नट आउट रहिन् । नेपालका ७ ब्याट्स वुमेनले दोहोरो अंकमा रन छुन सकेनन् ।

यता नेपालका लागि १२ औं ओभरको दोस्रो बलमा सोनु खड्काले जानदी आनलीलाई ३५ रनमा बोल्ड आउट गरिन् । आनलीले ३६ बलमा १ चौका र २ छक्का प्रहार गरिन् । त्यस लगत्तै अर्को बलमा सोनुले काभिषा दिलहारीलाई शून्यमा एलबी डब्लू आउट गरिन् ।

१९ ओभरको अन्तिम बलमा लिहिनी अप्सरालाई सरस्वतीले २७ बलमा ५ चौका सहित ३७ रनमा इन्दु बर्माबाट क्याच आउट गराईन् । सत्या सन्दीपनी २२ रनमा रन आउट भईन् । नेपालको लागि सोनु खड्काले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिएकी थिईन् ।

त्यस्तै सरस्वती कुमारी चौधरीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । अञ्जली चन्दको नाममा १ विकेट रह्यो । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको थियो । स्वर्ण पदकको नजिक पुग्नबाट चुकेको नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग भिड्ने छ । यस नेपालले माल्दिभ्ससँग खेल्दा नयाँ किर्तिमान बनाएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.