www.tandavnews.com
Fact ~ In search of truth

दुई कलाकारको निधनः प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उनीहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।’ प्रधानमन्त्री ओलीले दिवंगत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Batas

अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.