www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७,गाउँ शोक र चिन्तामा

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ ।

दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो ।

Batas

दुर्घटनामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृत्यु भएको र बाबु गम्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृतकको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताए ।

दुर्घटनामा एकै परिवारको पाँचजनासम्म परेका छन् । श्रीमती र दुई छोरीको मृत्यु भएको र बाबु र छोरी घाइते भएपछि शव बुझ्ने व्यक्तिसमेत नभएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

दुर्घटनामा गाउँका मानिस धेरै परेपछि अनलाइनबाटै पालिकाको आकस्मिक बैठक बसी गाउँ विपद् कोषबाट प्रत्येक मृतकको किरिया खर्चबापत आफन्तलाई जनही ५० हजार प्रदान गरिएको छ । घाइतेको रेखदेखका लागि समिति गठन गर्नाका साथै शोक मनाउन पालिकाभित्र सोमबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यसैबीच आज बिहानसम्म मृतकमध्ये सात जनाको शव आफन्तले बुझेर लगेका छन् । मृतकमध्ये सनाखत हुन नसकेको शव मेलम्ची नगरपालिका ढाँडखोला निवासी ३३ वर्षीया सुनिता तामाङको भएको खुलेको छ ।

दुर्घटनामा घाइते १९ मध्ये ह्याम्स अस्पतालमा १४, नर्भिक अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा एक, धुलिखेल अस्पतालमा एक र सिन्धु सदाबहार अस्पतालमा एकजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा।४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो । ब्रेक फेल भएको गाडी जबर्जस्ती चलाउँदा अप्रिय घटना हुन गएको घाइतेहरुले बताएका छन् ।

चालक फरार रहेको प्रहरीले बताएको छ । बस दुर्घटनामा जिल्लामा दुई महिनाको अवधिमा ५१ जनाले ज्यान गुमाइसकेका छन भने दर्जनौ व्यक्ति घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.