www.tandavnews.com
Fact ~ In search of truth

सुकुम्वासीका घर बनाउँदै रत्ननगर

चितवन ।

रत्ननगर नगरपालिकाले सुकुम्वासी समुदायका लागि घर निर्माण शुरु गरेको छ ।

विभिन्न संघसंस्थासँग सहकार्य गरेर घर बनाउन थालिएको हो । रत्ननगर नगरपालिका–८ बगर टोलमा रहेका सुकुम्वासीमध्ये नौ परिवारका लागि अहिले लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा घर निर्माणकार्य थालिएको छ ।

पछि सोही बस्तीमा यो सङ्ख्या २६ पुर्याइने छ । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार घर निर्माणका लागि शुरुमा समूहले छ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।

Lama collectio News Middle

ऋण तिर्नका लागि घर धनीहरुलाई उत्पादनशील क्षेत्रमा नगरपालिकाले अनुदान दिने भएको छ । उनीहरुले नगरपालिकाको सहयोगमा आर्थिक उपार्जन गरी ऋण तिर्नसक्ने वनले जानकारी दिए ।

यससँगै सडक, विद्युत्, ढल, घरका लागि आवश्यक काठलगायतका सहयोग नगरपालिकाले गर्नेछ । पाँच लाखदेखि रु सात लाखसम्म ऋण दिएर उनीहरुका लागि आकर्षक घर निर्माण गरिँदै छ । सम्पूर्ण घर निर्माण भएपछि सो बस्ती नमूना बस्ती हुने वनको तर्क छ ।

नगरपालिकाका प्रेस सल्लाहाकार होमनाथ सापकोटाका अनुसार यसअघि मुसहर बस्तीमा रोटरीको सहयोगमा १२, सपना भिलेजको सहयोगमा सात र गायक मिलन लामाको सहयोगमा पाँच गरी २४ घर निर्माण गरिएको थियो । नगरपालिकाभित्र खरको छानामुक्त बनाई सुरक्षित महसुसका साथ बस्नयोग्य घर बनाउन नगरपालिका लागिपरेको छ ।

नगरप्रमुख वनले नगरभित्र एक हजार ५०४ घरधुरी सुकुम्वासी रहेको भन्दै उनीहरुका लागि सुरक्षित घर, शौचालय, गोबरग्यास र सुन्दर बस्ती निर्माणका लागि सबैसँग सहयोगको आग्रह गरिएको बताए । खर र दाउरा आवश्यक नहुने भएपछि वन्यजन्तुको जोखिममा नपर्ने हुँदा निकुञ्ज र स्थानीयबीचको द्वन्द्वसमेत घट्ने उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery