www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस भित्र विवाद कायमै,केन्द्रिय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित

काठमाडौं ।

काँग्रेस केन्द्रिय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक नेताहरुबीचको विवादका कारण स्थगित भएको पार्टीले स्रोतले जनाएको छ ।

बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । पार्टी स्रोतको अनुसार नेताहरूबीचको विवाद सहमति नजिक पुगेको तर केही नेताहरूको जिल्ला बाहिर जाने कार्यक्रम रहेकोले बैठक स्थगित भएको उल्लेख गरिएको छ।

सभापति देउवाले अहिले महाधिवेशनको कार्यतालिका ल्याउन आलटाल गरेको भन्दै पार्टीभित्र विवाद सिर्जना भएको छ । यहि कारणले पनि पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएका छन्।

गत बिहीबार सभापति देउवाले विभाग २८ बाट बढाएर ४१ पुर्‍याउने, भातृसंस्था नेपाल तरूण दल, नेपाल विद्यार्थी संघलाई पूर्णता दिनेलगायत एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए।

गत साउनमा बसेको केन्द्रीय समिति बैठकले कात्तिकभित्र पार्टीका सबै निकायमा समायोजनका काम सक्ने र मंसिरभित्र १४ औं महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय भएको थियो ।

महाधिवेशन कार्यतालिकाबाहेक अर्को विवादको विषय भातृसंस्था नेविसंघबारे छ। विवाद मिलाउन नेताहरूले सक्रियता देखाइरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.