www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डको प्रतिबद्धताः’सरकारले गौतमबुद्ध रंगशाला निर्माणमा सहयोग गर्छ’

चितवन ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छ । आज बिहान रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रंगशाला निर्माणमा सहयोग गर्ने बताए ।

उनले भने, ‘रंगशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।’उनले रंगशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए ।

Batas

रंगशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको उनले प्रतिक्रिया दिए । सबै जिल्लामा सहयोग समिति गठन गरेर रंगशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गरे । उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि उपस्थित थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.