www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवा समिति गण्डकी अध्यक्षमा मनोज, जिल्लामा प्रेम

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्कीको प्रथम अधिवेशन पोखरामा शनिबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको अध्यक्षमा मनोज गिरीलाई चयन गरेको छ ।

नेपाल दशनामी युवा समिति गण्डकी
Batas

उपाध्यक्षमा दिनेश पुरी, महिला उपाध्यक्षमा शिक्षा गिरी, सचिवमा अजय गिरी, सह सचिवमा महादेव गिरी र कोषाध्यक्षमा शुभाष गिरी चयन भएका हुन् । सदस्यहरुमा रमेश गिरी, सूर्य गिरी, कृष्ण भारती, कृष्ण गिरी, सुरज गिरी, पुनम गिरी, टोपराम गिरी, कमला गिरी, सुमन गिरी, शुशिल गिरी, पाण्डु गिरी र रामचन्द्र गिरी छन् ।

नेपाल दशनामी युवा समिति कास्कीको अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा राजु गिरी, महिला उपाध्यक्षमा मनालिशा गिरी, सचिवमा आशिष पुरी, सहसचिवमा सुस्मिता गिरी, कोषाध्यक्ष सरस्वती पुरी चयन भएका छन् । सदस्यमा सिता गिरी, मनिष गिरी, अन्जली गिरी, सुश्मा गिरी, निश्चल गिरी र ऋषीराम गिरी छन् ।

नेपाल दशनामी युवा समिति कास्की

यसअघि कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल दशनामी समाजका उपाध्यक्ष धुव्र गिरीले युवा समितिले प्रशंसनीय काम गरेको बताए । युवाहरुको चाहना अनुसार केन्द्रले सहयोग गर्ने उपाध्यक्ष गिरीले प्रतिवद्धता व्यक्त गरे ।

नेपाल दशनामी युवा समितिका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल दशनामी समाजकी महिला उपाध्यक्ष सरस्वती गिरी, पूर्व बरिष्ठ उपाध्यक्ष विदुर भारती, नेपाल दशनामी युवा समितिका केन्द्रीय अध्यक्ष सुरेश गिरी, नेपाल दशनामी समाज कास्कीका अध्यक्ष जगतमोहन गिरी, नेपाल दशनामी युवा समितिका केन्द्रीय सदस्य किसन गिरी लगायतले बोलेका थिए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.