www.tandavnews.com
Fact ~ In search of truth

श्रेष्ठ र न्यौपानेद्वारा उम्मेदवारी दर्ता

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बनेका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेत्री भगवती न्यौपानेले पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीका नेता, प्रदेश सरकारका मन्त्री तथा कार्यकर्तासहित निर्वाचन कार्यालय पुग्नुभएका श्रेष्ठ र न्यौपानेले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन्। श्रेष्ठका प्रस्तावकमा रामशरण बस्नेत तथा समर्थकमा डिलमाया रोक्का रहेका छन् । त्यस्तै न्यौपानेका प्रस्तावकमा किरण गुरुङ र समर्थकमा मञ्जु गुरुङ रहेका छन् । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.