www.tandavnews.com
Fact ~ In search of truth

‘सांसद मनाङे’द्धारा एन्फा अध्यक्ष गुरुङमाथी हातपात

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका छन् ।

पोखरा महानगरपालिका २९ लेखनाथको भण्डारढिक स्थित खेल मैदानमा आज (मंगलबार) देखी सुरु भएको प्रथम मुख्यमन्त्री कपको सन्दर्भमा उद्घाटन अगावै हातपात भएको एन्फा कास्की अध्यक्ष गुरुङले बताए । ‘टिमको विषयलाई लिएर माननिय गुरुङले तथानाम गाली गर्दै हातपात गरेका हुन्,’ उनले भने, ‘उनको टिमलाई ५ दिन अघिबाट पाल्नु पर्ने रे, ग्राउण्ड पनि पहिलेदेखीनै तयार हुनु पर्ने भन्दै गाली गरेर हातपात गरे ।’

Batas

एन्फा कास्की अध्यक्ष गुरुङलाई प्रदेश सांसद गुरुङले एक मुक्का र एक लात्ती हानेको गुनासो छ । उक्त कपमा मनाङको प्रतिनिधित्व गर्दै सांसद गुरुङको डाँफे युवा क्लबको सहभागिता रहेका थिए । यस विषयमा सांसद गुरुङलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

आजबाट सुरु भएको उक्त गण्डकी प्रदेश स्तरिय कपमा ११ जिल्ला मध्येबाट कुल ९ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको बिजेता टिमले ५ लाख र उपबिजेता टिमले ३ लाख प्राप्त गर्नेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.