www.tandavnews.com
Fact ~ In search of truth

फागुन दोस्रो साता पोखरामा ‘क्यान ईन्फोटेक’

आईसीटी सम्बन्धि विभिन्न प्रतियोगिता र सेमिनार हुने

सुशान्त गाहा मगर

ताण्डव न्यूज/ पोखरा ।

पोखरामा फागुनको दोस्रो साता ‘प्रभु पे क्यान ईन्फोटेक ईन २०२० एशोसियसन वीथ वल्र्डलिंक’ को आयोजना हुने भएको छ ।

पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ कास्कीले फागुन ११ देखी १५ गतेसम्म ईन्फोटेक आयोजना गर्ने आज (सोमबार) पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो ।

मुल आयोजक समिति संयोजक तथा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास) ले कम्प्युटर तथा सुचना प्रविधिमा भित्रिएको नवीनतम तथा अत्याधुनिक प्रविधिको जानकारी दिने उद्देश्य सहित ११ औं संस्करणको ईन्फोटेक मेला आयोजना गर्न गैरहेको बताए । उनले सो मेला अवधिभर प्रविधि सम्बन्धि विभिन्न प्रतियोगिताहरुको आयोजना गरिने जानकारी दिए ।

भण्डारीका अनुसार जिल्ला तथा प्रदेश स्तरिय रनिङ शिल्ड आईटी क्विज प्रतियोगिता, जिल्ला तथा प्रदेश स्तरिय टाईपिङ प्रतियोगिता, आईसीटी प्रतियोगिता, रोवर्ट प्रतियोगिता लगायताका विभिन्न प्रतियोगिताहरु सञ्चालन हुनेछन् । साथै आईसीटी म्यूजियम प्रदर्शनी, विजनेस टक अन्तरक्रिया तथा आईसीटी प्रोडक्टरहरुको प्रदर्शनी एवम् विक्रि वितरण समेत गरिने भण्डारीले बताए ।

उक्त मेलामा आईसीटीसँग सम्बन्धित विभिन्न १०० स्टलको व्यवस्था गरिनेछ भने निशुल्क ल्यापटप तथा कम्प्युटर मर्मत क्याम्प समेत सञ्चालनमा रहनेछन् । मेला सम्पन्न गर्नका लागि क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास) को सयोजकत्वमा ३५ सदस्यीय उपसमिति गठन गरिएको क्यान कास्कीका उपाध्यक्ष विकास भुर्तेलले बताए ।

सो मेलामा ३५ लाख आन्दानी र ३० लाख खर्च हुने अपेक्षा रहेको बताउदै भुर्तेलले बचत भएको रकम सामाजिक कार्यमा र सुचना तथा प्रविधिको विकासमा खर्चिने जानकारी दिए । उक्त मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.