www.tandavnews.com
Fact ~ In search of truth

तमुहरु राजनीतिमा आउनुपर्छ : मुख्यमन्त्री गुरुङ

मिलिजुली विजयपुर तमु समाजको रजत जयन्ती

सरिता जिसी/ विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तमुहरु राजनीतिमा आउनुपर्ने बताएका छन् । मिलिजुली विजयपुर तमु समाजले आफ्नो रजत जयन्तीको अवसरमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले लाहुरे प्रथासँगै राजनीतिमा लाग्नुपर्ने बताएका हुन् ।

Batas

उनले मुलुकमा भएका परिवर्तनको आत्मसाथ गर्नुपर्ने बताउदै तमुहरु लाहुरे क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा समेत लाग्नुपर्नेमा जोड दिए । उनले शिक्षा, राजनीति, शासन, प्रशासनमा तमुहरुको उपस्थिति रहन पर्ने उल्लेख गर्दै चेतनशिल बन्नुपर्ने धारणा राखे ।

‘असल भावनाले समाजसेवा गरिरहनु भएको छ, उनले भने, ‘अब समाजसेवा सँगै राजनीतिमा आउन जरुरी छ ।’ उनले वैदेशिक रोजगारीका लागि कसैको गुलामी मात्र नभई नेपालमै रहेर मालिक बन्नुपर्ने तर्क दिए ।

छोराछोरीको पढ्ने वातावरणका लागि अभिभावकहरुलाई आग्रह गर्दै उनले भने, ‘छोरीहरु लाहुरेको कोशेली पर्खेर बस्ने होईन आफै अधिकृत, म्यानेजर भएर जिम्मेवारी बहन गर्ने सोंच बनाउनुपर्छ ।’ मुख्यमन्त्री गुरुङले सो कार्यममा रजत जयन्ती स्मारिका समेत विमोचन गरेका थिए ।

त्यस्तै तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने भएको बताउदै तमुहरु प्रशासकिय पहुँचको लागि तैयार हुनुपर्ने बताए । उनले तमु एकता, पहिचान र अधिकारका लागि जोड दिदै भने, ‘जति राम्रो नृत्य प्रस्तुत गरिरहेकाछौं, त्यसरी नै शासन प्रसासनको कुर्चीमा तमुहरुको नाच्नुपर्दछ ।’ उनले तमु धिं नेपालद्धारा आयोजना गरिने लोक सेवा आयोगको निशुल्क तयारी कक्षामा उल्लेख्य मात्रामा तमुहरु सहभागीता हुनका लागि आग्रह गरे ।

सो कार्यक्रममा बिच कानुन विषयमा स्नातकोत्तर उतिर्ण भएको भन्दै तमु धिं नेपालकी सचिव अधिवक्ता जुना गुरुङ, तथा १०१ वर्षीया जेष्ठ नागरिक पुर्णकुमारी तमु लगायत सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.