www.tandavnews.com
Fact ~ In search of truth

संविधान विपरित पानीमा पनि कर :सभापति कोइराला

पोखरा ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले संविधान विपरीत स्थानीय तहले कर लिने गरेको बताएका छन् ।

सांसद कोइरालाले गण्डकी प्रदेश सभाको आज(मंगलबार)को बैठकमा विशेष समयमा बोल्दै सो कुरा बताएका हुन ।उनले स्थानीय तहले संविधान विपरीत मनपरि ढंगले कर लिदा जनतामा संघीयता प्रतिनै नकारात्मक धारणा आउन सक्ने बताए ।

Batas

कोइरालाले कुनै प्रदेश वा स्थानीय तहमा उत्पादन भएका सामाग्री अन्य प्रदेश वा तहमा ढुवानी गर्दा अर्को स्थानीय तहले कर लिन नपाउने संविधानको धारा २३६मा उल्लेख भएपनि पोखराको पानी दमौली लैजादा बाटोमा पर्ने म्याग्दे गाउँपािलका लगायतले पानीमा पनि कर लिने गरेको बताए। प्रति जार पानीमा ५ रुपैया कर लगाउने गरेको भन्दै कोइरालाले संविधान विपरीतको काम रोक्न सभामुख मार्फत गण्डकी प्रदेश सरकारको ध्यानार्कषण गराए ।

आफ्नो क्षेत्रमा उत्पादन बाहेक अन्य तहमा उत्पादन भएका सामाग्री ढुवानीमा कर लिन नपाइने संविधानमा स्पष्ट व्यवस्था हुदा हुदैँ पनि स्थानीय तहले कर लिने गरेको बताए । कोइरालाले यहि तरिकाले जानेहो भने पोखराबाट गोरखा सम्म पुर्याउँदा पानीको मुल्य झण्डै दोब्बर हुने बताए ।

कोइरालाले सम्बन्धीत नगरपालिकामा आफुले भनेर पनि यस विषयमा ध्यानार्कषण गराउन सक्ने भएपनि ८५ वटै स्थानीय तहमा यस्ता समस्या हुन सक्छन भन्ने लागेर संसदमै कुरा उठाएको स्पष्ट पारे। आफुसंग प्रमाणको रुपमा बिल प्राप्त भएको भन्दै संविधान विपरित एउटै बस्तुको कर ठाउँ ठाउँमा लिनु गैर कानुनी हुने उनको भनाई थियो ।

बढि कर लिएको गुनासो आउना साथ जनताले नेकपालाई गाली गर्ने गरेपनि संविधान विपरीत कर लिएको म्याग्दे गाउँपालिका लगायतको नगरपालिकामा भने अधिकासं ठाँउमा काग्रेसको नेतृत्व रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.