www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘फुडरा’ सञ्चालन

लता जोशी/ विद्यार्थी पत्रकार
ताण्डव न्यूज/ पोखरा ।

पोखरामा विभिन्न अफर छुटको फाइदा लिन सक्ने डेलिभरी फुडरा प्रा.ली सञ्चालनमा आएको छ ।

हिजो (बुधबार) पोखरामा पत्रकार सम्मेलन गरी फुडरा डेलिभरी प्रा.ली का सञ्चालक सोसिभ भुर्तेलले फुडराले खाना डेलिभरी सुरु गरेको बताएका छन् । फुडराले विभिन्न परिकारका सौखिनहरुका लागि घर वा कार्यालयमा नै स्वादिलो खाना पुर्याउने जिम्मा लिएको भुर्तेलले बताए ।

‘हाल पोखराका ५० रेष्टुरेन्टसँग समन्वय भएकोमा अरु रेष्टुरेन्ट पनि हामीसँग आबद्ध हुन आतुर छन् । ’उनले भने

२० लाख लगानीमा सञ्चालनमा ल्याइएको फुडरामा हाल ५ डेलिभरी पर्सनसहित १० कर्मचारी संलग्न छन् । पोखरामा आएको पर्यटकलाई कहाँ जाने के खाने भन्ने अन्योल फुडराले समाधान गर्ने भन्दै फुडराको वेबसाइट र एन्ड्रोइड वा आइओएसबाट सजिलै खाना खाना अर्डर गर्न मिल्ने उनले बताए ।

प्रति किलोमिटर १० रुपैयाँ लाग्नेमा कम्पनी आरम्भ भएको पहिलो महिनाभरि निशुल्क गरिने उनले जानकारी दिए । हाल पोखरामा धेरै फुड डेलिभरी कम्पनी सञ्चालन भइरहेकोमा आफ्नो कम्पनी अरुभन्दा बेग्लै रहेको उनले उल्लेख गरे ।

पोखरामा पहिलो पटक राती १२ बजेसम्म घरमा नै खाना, मदिरा तथा हुक्का पुर्याउने पहिलो फुड डेलिभरी कम्पनी भएको उनले दाबी गरे । लाइभ अर्डर ट्राकिङ ‘सिस्टम’ले घरमै बसी आफुले अर्डर गरेको वेबसाइट वा एपबाट के हुदैँ छ र कहाँ आइपुग्यो हेर्न मिल्ने छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.