www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा एचआइभी सङ्क्रमितलाई सेवा लिन सकस

बागलुङ ।

एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी संक्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल ट्रिटेमेन्ट (एआरटी) सेवा लिँदै आएका छन् ।

विभेद एवं लाञ्छनाबाट बच्न उनले बागलुङमा आएर औषधि तथा परामर्श लिने गर्छन। परिवारको कमजोर आर्थिक अवस्थाका हुँदापनि सो स्थानमा आउन ऋणधन गर्नुपर्ने अवस्था रहेको छ । उनी भन्छन्, ‘एचआइभी सङ्क्रमितलाई स्थानीय सरकारले स्थानीय तहमा सहयोग गर्नुपर्छ ।’

धौलागिरि अञ्चल अस्पतालमा संक्रमितलाई निःशुल्क औषधि तथा परामर्श प्रदान गर्न एआरटी सेन्टर सञ्चालनमा रहेको छ । टाढाबाट औषधि उपचारका लागि सङ्क्रमित सदरमकुमा आउँदा धेरै खर्च हुने सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लामा ३९५ एचआइभी संक्रमितले नियमित एआरटी औषधि लिइरहेका छन् । ती मध्ये २० बालबालिका छन् ।

अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा आर्थिक अवस्था कमजोर भएका एवम् ग्रामीण भेगबाट आउन जान समस्या हुनेका लागि धौलागिरि पोजेटिभ समूहले निःशुल्क खान बस्नको व्यवस्था गर्दै आएको छ । संक्रमित बालबालिकालाई विभिन्न निकायको सहयोगमा संस्थाले संरक्षित भत्ता प्रदान गर्दै आएको छ ।

Lama collectio News Middle

केही समयअघि मात्रै संक्रमित भएको पत्ता लागे पछि धौलागिरि पोजेटिभ समूहको आश्रयमा बस्दै आएकी अर्की एचआइभी संक्रमितले समाजले गर्ने विभेदबाट माथि उठेर संस्थाले गरेको सहयोगले आंशिक भए पनि राहत भएको बताए । उनले यातयात खर्च जुटाउन नसक्दा औषधि तथा परामर्श लिन आउन समस्या हुने गरेको भए पनि खाना तथा बस्नको व्यवस्थाले केही सहज भएको जानकारी दिए ।

समूहले संक्रमितका लागि लक्षित गरी सञ्चालन गरेको हेरचाह केन्द्र पनि बजेट अभावका कारण संकटमा परेको जनाएको छ । मासिकरुपमा यहाँ झण्डै ४० जना संक्रमितले आश्रय लिने गरेका भएपनी आवश्यक बजेटको जोहो गर्न नसक्दा हेचाह केन्द्र चलाउन समस्या भएको छ ।

विभिन्न सहयोगी निकायबाट आउने रकमको समय अवधि समाप्त भएको र स्थानीय निकायले एचआइभी सङ्क्रमितका लागि त्यति ध्यान नदिएका कारण संक्रमितलाई खाना बस्नको व्यवस्था गर्नसमेत कठिन हुन थालेको समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए ।

केन्द्रमा संक्रमितलाई खाना, बस्नका साथै मनोवैज्ञानिक परामर्श र जटिलता भएका संक्रमित बिरामीलाई रेफर प्रदान गरिदै आएको उनले जानकारी दिए ।
पछिल्लो समय संक्रमित खुल्न थाले पनि उनीहरुले प्रयोग गर्ने औषधि तथा परामर्शकै लागि सदरमुकाम धाउँदा धेरै खर्च गर्नुपर्ने भएको हो ।

अशिक्षा, भौगोलिक विकटतालगायतका कारण अझै पनि ग्रामीण भेगका संक्रमित विद्युत् उपचारबाट वञ्चित भएका छन् । अहिले संक्रमितलाई सरकारले निःशुल्क औषधि वितरण र निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको भए पनि पर्याप्त नभएको उनीहरुको गुनासो रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery