www.tandavnews.com
Fact ~ In search of truth

डिसेम्वरमा काली एक्स माउन्टेन बाइक फेस्टिवल

सरिता जिसी /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/ पोखरा।

नेपाल भ्रमण वर्ष सचिवालयले डिसेम्वरमा काली एक्स माउन्टेन बाइक फेस्टिबल आयोजना गर्ने भएको छ ।

फेस्टिवल आगामी डिसेम्वर १ देखी ६ आयोजना गर्न लागिएको भिजिट नेपाल सचिवालयका परामर्शदाता विश्वराज ज्ञवालील पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

मल्टीस्टेज इन्ड्युरो १–३ डिसेम्वर, क्रस कन्ट्री ४ डिसेम्वर, किङ्ग अफ माउन्टेन ५ डिसेम्वर, कल्चर अन ह्वील्स डिसेम्बर ५ र ६, मास राइड ६ डिसेम्बर, साइफेरा ६ डिसेम्वर मा हुने जानकारी दिइयो ।
विश्वकै गहिरो अन्ध गल्छीमा माउन्टेन बाइक चलाउन पाउने भएकाले भ्रमण वर्ष सँगसँगै फेस्टिवलको आयोजना गरिएको आयोजकले जनायो ।

जिवन भरका लागि अनुभव समेट्न यो फेस्टिवल महत्वपुर्ण रहेको परामर्शदाता ज्ञवालीको भनाई थियो । प्राकृतिक हिसाबले नेपाल धनी देश भएकाले नेपाल माउन्टेन बाइक राइडका लागि उपयुक्त रहेको उल्लेख गरिएको थियो । नेपालमा अग्ला अग्ला हिमश्रृखला रहेको र जोमसोमको जस्तो हावा अरु देशमा महशुस गर्न नपाइने भएकाले पनि यो फेस्टिबल नेपाल हुन लागेको आयोजकले बतायो ।

नेपालमा हरेक वर्ष २ हजार देखी ३ हजार सम्म माउन्टेन बाइकका लागि पर्यटक आउने गरेको आयोजकको दाबी छ । आयोजकको अनुसार आगामी वर्ष नयाँ बाटोको विकास गरि २ लाख हाराहारीमा माउन्टेन बाइकका लागि पर्यटक भित्राउने उद्येश्य रहेको छ । यसका लागि स्थनीय तहबाटै पहल हुनुपर्ने काली एक्सका परामर्शदाता बताउँछन् ।

भिजिट नेपाल सचिवालयले आयोजना गरेको उक्त कार्यक्रममा विशेष अथिति गण्डकी प्रदेशका प्रदेश सभा सदस्य माननीय इन्द्रधारा विष्ट, अन्नपुर्ण संरक्षण क्षेत्रका अधिकृत सन्तोष शेरचन, टान पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष हरि भुजेल,नेपाल टुरिजम बोर्डका निर्देशक कासीराज भण्डारी लगायतको उपस्थीती रहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.