www.tandavnews.com
Fact ~ In search of truth

पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार

काठमाडौं ।

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ ।

आज बिहान काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले जिल्ला उपसभापतिको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निष्कर्ष निकालेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

Lama collectio News Middle

प्रतिष्ठानले पार्टीका करिब पाँच लाख क्रियाशील सदस्यलाई जिल्ला कार्यसमितिमार्फत प्रशिक्षण दिने उद्देश्यले सबै जिल्लाका उपसभापतिलाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले १४औँ महाविधेशनको मिति तोकिसकेको अवस्थामा आचारसंहिता, विधिविधान र पार्टीमा स्थापित मान्यता विपरीत एकलौटी रुपमा केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय विभाग प्रमुख मनोनयन गरेको पौडेल पक्षले आरोप लगाएको छ । सभापति देउवाले यही फागुन १७ र १९ गते पार्टीका २० केन्द्रीय विभागमा प्रमुख, दुई केन्द्रीय र ११ आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरेका थिए ।

भेलामा उपस्थित केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापति र उपसभापतिहरुको सुझावअनुसार उक्त निर्णय लिइएको केन्द्रीय सदस्य परियारले बताए। भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु सिंह, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, बलबहादुर केसी, दीपक गिरिलगायत उपस्थित रहेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop