www.tandavnews.com
Fact ~ In search of truth

मोदीको प्रस्तावमा प्रधानमन्त्री ओलीको समर्थनः’कोरोनाविरुद्ध मिलेर अघि बढ्न तयार छौँ’

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध सार्क राष्ट्र मिलेर लड्न गरेको प्रस्तावमा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका छन् ।

केहीबेर अघि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताएका हुन्।

Batas

यसअघि आज (शुक्रबार) नै भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका थिए ।

मोदीको प्रस्तावको स्वागत गर्दै ओलीले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताएका हुन्। । नेपाल हाल सार्कको अध्यक्ष राष्ट्र हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.