www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीको विवरण:फागुनमा १ सय ५९ मुद्धा दर्ता (अन्य विवरण सहित)

लता जोशी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनाको आफ्नो कार्य विवरण सार्वजनिक गरेको छ ।

Batas

आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै गत महिनाको विवरण प्रस्तुत गरेको हो । सो विवरण प्रस्तुत गर्दै कास्की प्रहरी प्रमुख प्रहरी दान बहादुर कार्कीले गएको पुष र माघ महिनाको तथ्याङ्क सँग तुलना गर्द फागुन महिनाको उपलब्धिको बारेमा समेत चर्चा गरे ।

कार्कीका अनुसार सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुबिधा र नैतिकता बिरुद्वको कसुरं अभद्र व्यबहार शिर्षकमा ७२ मुद्धा, लागु औषधमा १५ मुद्धा, बैंकिङ कसुरमा १३ र जबरजस्ती करणीमा १२ मुद्धा दर्ता भएका छन् । त्यस्तै अन्य १२ शिर्षकमा समेत मुुद्धा दर्ता भएको छ । एसपी कार्कीले पछिल्लो समय महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण परेको प्रभाव र बच्ने उपाय देखी कास्कीमा दर्ता भएका मुद्धाको बारेमा जानकारी दिएका थिए ।

कास्की प्रहरीले तयार पारेको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

फेला परेका मोवाईल धनिलाई हस्तान्तरण

प्रहरी उपरिक्षक दान बहादुुर कार्कीले कास्की प्रहरीको कमाण्ड सम्हाले देखी कुल २ सय २८ वटा मोवाईल फेला पारी धनीलाई बुझाईको कास्की प्रहरीले जानकारी दिएको छ ।

सोही अनुुसार हरेक महिनाको १ गते र १५ गते सामुहिक रुपमा फेला पारेको मोवाईल फिर्ता दिदै आएको छ । आज (शनिबार) समेत आधा दर्जन मोवाईल धनिलाई फिर्ता दिईएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक राज कुमार केसीले बताए । हराएको मोवाईलको आईएमई नम्बर भएको खण्डमा फेला पर्न सक्ने कास्की प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.