www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ :लेकसाइडमा सहायता कक्ष

पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो । पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराहीचोकमा डेस्क स्थापना गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिए ।

Batas

गुरुङले लेकसाइड पर्यटकको प्रमुख केन्द्र भएकाले स्वास्थ्य सतर्कताका लागि हेल्थ डेस्क राखिएको बताए । हेल्थ डेस्कमा कोरोनाको लक्षण, बच्ने उपायलगायतका बारेमा स्वास्थ्यकर्मीसहित सचेतनामूलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए।

यसअघि पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेस्क स्थापना गरिसकेको छ । महानगरका विभिन्न वडामा जनप्रतिनिधि एवं सामाजिक संघ संस्थाले कोरोनाविरुद्धको सचेतना कार्यक्रमलाई तीव्रता दिएका छन् ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशसभा सदस्यलगायतले पोखरामा विभिन्न स्थानमा सचेतनाका लागि पर्चा पम्लेट वितरण गर्दै स्वास्थ्य सतर्कता अभियानालाई जोड दिँदै आएका छन्।

प्रदेशका कोभिड संक्रमणको लिइएका परीक्षणमा अहिलेसम्म कसैको पनि संक्रमण भएको नपाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनले कोरोना सङ्क्रमण रोक्न प्रदेशभित्र ८० श्यया आइसोलेसन वार्ड तयार गरिएको र उपचारको तयारीका लागि १२ वठा समिति गठन गरिएको बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.