पोखरा ।
ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लि पोखराले पल्सर सिरिजको नयाँ पल्सर १२५ पोखरामा लन्च गरेको छ ।
नेपालमा सर्वाधिक बिक्रि हुने मोटरसाईकल ब्राण्ड बजाजले बजारमा ल्याएको पल्सर सिरिजका विल्कुलै नयाँ मोडल पल्सर १२५ सीसी आज पोखरामा एक कार्यक्रमका बीच ईच्छाशक्तिले लन्च गरेको हो ।
बजाजले पल्सर सिरिज अन्तर्गत पहिलो पटक पल्सर १२५ सीसी ग्राहक समक्ष ल्याएको ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लि पोखराले जनाएको छ । कम्पनीको रणनितिबारे बताउँदै ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लिका सोरुम म्यानेजर भगवान विजुक्छेले भने,‘पृथक एवम् आनन्ददायी किसिमको बाइक चलाउने ग्राहकको चाहनालाई पुरा गर्नका लागि नै हामीले नयाँ पल्सर १२५ सीसी बजारमा ल्याएका हौँ ।पृथक डिजाइनले सुसज्जित एभेन्जर सिरिजले ग्राहकको मन जित्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । ’
नयाँ पल्सर १२५ सीसी पृथक डिजाइन, उत्कृष्ट परर्फमेन्स एवम् आरामदायी हुनुका साथै यसमा थुप्रै अन्य विशेषताहरु रहेको छ ।यसमा उत्कृष्ट माइलेज, पिक –अप र अतुलनिय पावरका लागि डिटियस–आई इन्जिन, बाइक चलाउने क्षमता बढाउने एक्जास टेक, सुरक्षित ब्रेकको लागि एन्टी स्किड ब्रेक, आवश्यक जानकारीका लागि डिजिटल डिस्प्ले,आधुनिक एवम आकर्षक र चालकको सहजताको लागि डिजिटल एनालग मिटर, कम स्पीडमा पनि पूरा प्रकाश दिने डिसी लाइटिङ, सहि समयमा स्पार्क दिई इन्धन खेर जान नदिने डिसी इग्नीसन सिस्टम र राम्रो रोडग्रीप र सुरक्षाको लागि वाइड टायर यस बाइकको विशेषता रहेको छ ।
पल्सर १२५ सीसी को मुल्य सीमित अवधिका लागि २ लाख २४ हजार नौ सय कायम गरिएको प्रा.लिका सोरुम म्यानेजरले जानकारी दिए ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।