www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

चितवन ।

बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको रामले जानकारी दिए।

Batas

बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.