www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं ।

राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ ।

कोभिड– १९ को सम्भावित संक्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भएको हो ।

Batas

बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो । यसअघि प्रतिनिधिसभाको बैठक पनि अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.