www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सरकारले छुट्यायो कोरोना रोकथामका लागि तीन करोड

पोखरा ।

कोरोना भाइरसको सन्त्रासबाट बच्नका लागि र रोकथामका लागि देशका सातै प्रदेशले विभिन्न सचेतना मूलक कार्यक्रम तथा योजना सार्वजनिक गरिरहेका छन् ।

यसैबीच गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथामका लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ। प्रदेश सरकारले ३ करोड २३ लाख ९८ हजार तीन सय रुपैयाँ छुट्याएको हो । छुट्टयाइएको यो बजेट कोरोनाबाट बच्नका लागि सिकाउने सामाजिक विकास मन्त्रालयमार्फत सचेतना कार्यक्रममा खर्च गरिने प्रदेश सरकारले जानकारी दिएको छ ।

Batas

गण्डकी सरकारले अरू प्रदेशबाट गण्डकी प्रदेशका विभिन्‍न जिल्ला प्रवेश गर्ने नाकाहरूमा पनि हेल्थ डेस्‍क सञ्चालनमा ल्याएको छ। गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्‍नेतका अनुसार त्रिवेणी, दाउन्‍ने, नवलपुर, आँबुखैरेनी, आरुघाट, बुर्तिबाङ रे राम्दीमा हेल्थ डेस्‍क स्थापना गरिएको छ। यी नाकाबाट गण्डकी प्रदेश प्रवेश गर्नेहरूको अनिवार्य स्वास्थ्य जाँच गर्ने गरिएको छ।

प्रदेश सरकारले हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हेल्थ डेस्‍क स्थापना गरेको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.